हिउँ पन्छाएर सिमकोट विमानस्थलमा हवाई सेवा सञ्चालन



सिमकोट। हिउँ पन्छाएर हुम्लाको सिमकोट विमानस्थलमा शुक्रबार ९आज०देखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।

शुक्रबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रूपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।

हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् । रासस

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ८ : ०३ बजे