रास्वपाका कोशी प्रदेश सभापति पार्टिबाट निकालिए



४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बनको पत्र पठाएको छ ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४-१ (ख)को नियम ४-१-१ (ख) तथा नियम ६-२-३ (झ) को अनुसार निलम्बन गरिएको छ, पत्रमा भनिएको छ ।

निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेको र प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनलाई पार्टीबाट निलम्बन गरेको हो ।

गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ८ : १८ बजे