स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: छविलाल जोशीमाथिको थुनछेक बहस सकिएन



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आज काठमाडौं जिल्ला अदालतमा पूर्वडीआईजी छविलाल जोशी उपस्थित भएका थिए ।

न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा उनको थुनछेक बहस भएको थियो ।

थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका छन् ।

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  ४ : ५६ बजे