मन्त्रिपरिषदको निर्णय : संसद्को हिउँदे अधिवेशन माघ १८गतेबाट



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेश जारी गरेको भन्दै विपक्षी दलले आपत्ति जनाएको थिए ।

उनिहरुले संसद् अधिवेशन तत्तकाल नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी समेत दिएका थिए ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ५ : ०९ बजे