सुप्रिम सहकारी ठगी प्रकरण: रविको मुद्दा न्यायाधीश प्रल्हाद योगीको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा पेशी तोकिएको छ ।

नारायण बहादुर पहराई समेत को जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी छन् ।

उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ११ : ३८ बजे