विराटनगर –
काम गर्नलाई कहिल्यै केहिले छेक्दैन भन्ने युक्तीलाई विराटनगर महानगरले प्रमाणीत गरेको छ । दु्रतगतीमा निर्माण भईरहेका सडकहरुलाई अझै गती प्रदान गर्न राती काम गर्न थालीएको छ ।
कामको छड्के अनुगमन गर्न कार्यवाकह प्रमुख भदौ ७ गते निकालीने राधाकृष्ण रथयात्राको रुटकालागी सडक बनाउन महानगरका कार्यबाहक प्रमुख ईन्दिरा कार्की र प्रमुख प्रशाशकीय अधिकृत एकदेव अधिकारी सहितको टोलि रातभर खटिन थालेको हो । प्रदेश न. १ कै ठुलो रथयात्रा राधाकृष्ण रथयात्राको रथ गुड्ने सडकलाई व्यवस्थित गर्न रातभर खटेका हुन । कार्यबाहक प्रमुख कार्कीले भनिन, रथयात्रालाई सहज बनाउन रातभरी खटिरहेको छु,। राती ९ बजे देखि बिहान ३ बजे सम्म विराटनगर विराटनगरको भित्री सडक निर्माणका कामहरु भईरहेका छन । राधाकृष्ण रथयात्रा प्रदेश न. १ बासीको पर्व हो । रथमा राधा र कृष्णको (मुर्ती) युगल जोडिलाई रथमा राखेर विराटनगर महानगर परीक्रामा गराईन्छ ।

परिक्रमा परेको जोडीलाई छुदा पाप नस्ठ हुन्छ भन्ने धार्मीक विस्वास छ । काबा प्रमुख कार्कीका अनुसार रथको यात्रामा सडक गुड्ने सडक निर्माण गर्न विराटनगर महानगर बासी समेत लागी परेका छन । विराटनगरमा एशियाली बिकास बैकको सहयोगमा महानगरका सबै सडकहरु द््रतगतीमा अघाडि बढीरहेका छन । यस अघि बेला बेलामा प्रमुख भिम पराजुली समेत सडकको छड्के गर्दै आएका थिए ।










