काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको थुनछेक बहस सुरु भएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो ।
इजलासले बिहीवार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो ।














