काश्मीरको बिषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा छलफल हुने



काठ्माण्डौ ,एजेन्सी

काश्मीरका बारेमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा छलफल हुने भएको छ ।  सुरक्षा परिषदको वर्तमान अध्यक्ष देश पोल्यान्डको अगुवाइमा काश्मीर मुद्दामा छलफल हुन लागेको हो । भारत प्रशासित काश्मीरले पाएको विशेष दर्ता खारेज गर्ने भारत सरकारको निर्णय पछी कश्मिर क्षेत्र र भारत ,पाकिस्तान बिच तनाब बढी रहेको छ ।

हिजैमात्र भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोलाबारी भएको थियो। पाकिस्तानतर्फ तीन जवान र भारततर्फ पाँच जनाको ज्यान गएको दाबी पाकिस्तानी पक्षले गर्दै आएको छ। तर भारतले त्यसलाई स्वीकार गरेको छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको धारा ३७० खारेज गर्ने निर्णय संसदबाट अनुमोदन गराएपछी पाकिस्तान र भारत एक-आपसमा विवादमा उत्रेका थिए।

अनुच्छेद ३७० विवादमा सर्वोच्चमा सुनुवाइ हुँदै

संविधाको धारा ३७० खारेज गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएको निवेदनमा शुक्रबार सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ।

केन्द्र सरकारले गरेको उक्त निर्णय असंवैधानिक भएको जिकिर गर्दै वकिल एमएल शर्मा र काश्मीर टाइम्सकी कार्यकारी सम्पादक अनुराधा भासिनले सर्वोच्चमा निवदेन दायर गरेका थिए।

उक्त निवेदनमा प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीशहरु एसए बोबडे र एसए नजिरको इजलासले सुनुवाइ गर्दैछ। निवेदनमा सरकारको निर्णय गैरसंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत कार्यान्वयन रोक्न आदेश जारी हुनुपर्ने माग गरिएको छ। साथै काश्मीरमा बन्द रहेको सञ्चारसाधन र केन्द्र सरकारको निषेधाज्ञा अन्त्य हुनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  ८ : १६ बजे