रुपन्देही जिल्ला अदालतमा रविको तर्फबाट पूर्व महान्यायाधीवक्ता श्रेष्ठको बहस सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस जारी छ ।

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू भएको थुनछेक बहसका लागि लामिछाने अदालतमा उपस्थित भइसकेका छन् ।

जिल्ला न्यायाधीश प्रह्लाद योगीको इजलासमा सो मुद्दाको थुनछेक बहस भइरहेको छ ।रविको पक्षबाट अहिले पूर्व महान्यायाधीवक्ता समेत रहेका रमण श्रेष्ठले बहस गर्न सुरु गरेका छन् ।

बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् ।

प्रकाशित मिति : माघ १३, २०८१ आईतबार  १२ : ५४ बजे