सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसद्मा प्रस्तुत गरिने



काठमाडौँ । माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि माघ महिनाको क्यालेन्डर तय गरिएको छ। संघीय संसद् सचिवालयले माघ महिनाको क्यालेन्डर तयार पारेको हो।

माघ महिनाका लागि संसदको क्यालेन्डर तयार पारिएको सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

क्यालेन्डर बनाउनका लागि सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका सचेतकहरूसँग छलफल गरेका थिए।

क्यालेन्डर अनुसार माघ १८, २२, २३, २४, २७, २८ र २९ गते प्रतिनिधि सभाको बैठक बस्नेछ। अधिवेशन सुरु भएको पहिलो दिन ९१८ गते०प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तालिका छ। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्‌मा पेस गर्ने तयारी सरकारको तयारी छ भने त्यसलाई सभामुखले वातावरण बनाइदिएका छन्।

२२ गतेपछिका बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

यसलाई अन्तिम रूप दिन सभामुख देवराज घिमिरेले भोलि मंगलबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  १ : ५४ बजे