मर्मत हुने भयो विराटनगको बिरेन्द्र सभागृह



विराटनगर,१ भदौ –

जिर्णद्वारको पखाईमा रहेको विराटनगरको बिरेन्द्र सभागृहको मर्मत गरिने भएको छ । विराटनगर महानगरका कार्यवाहक प्रमुख ईन्दिरा कार्कीको संयोजकत्वमा आईतबार भएको सभागृहको अनुगमन गरेपछी मर्मत गर्ने निष्कर्ष निकालिएको हो ।

अनुगमनमा विराटनगर ७ का अध्यक्ष मधु तिवारी , ९ का अध्यक्ष विश्वनाथ भगत , प्रमुख प्रशाशकीय अधिकृत एक देव अधिकारी , अधिकृत अर्जुन थपलीया, गोपाल पोखरेलको सहभागिता थियो । अनुगमनमा सहभागि जनप्रतिनिधिले मर्मत कार्य कसरी अगाडि बढाउने भन्ने बारे छलफल गरेर कामलाई अघाडि बढाउने कार्यवाहक प्रमुख ईन्दिरा कार्कीले बताईन । उनलेभनिन,‘ अब मर्मतको कामलाई अघाडि बढाउछौ त्यसकालागी छलफल भईरहेको छ,‘ ।

 

केन्द्रिय कलाकारको टोलिले स्थानिय विरेन्द्र सभागृहमा शनिबार अयोजना गरेको गाईजात्रा कार्यक्रममा सभागृहको सरसफाईको खुलेरै विरोध गरे । हस्य कलाकार मनोज गजुरेलले त झन सभागृह व्यवस्थित गर्न नसकेको भनेर १० पटक व्यङग्य गरेपछी मात्रै जनप्रतिनिधि सभागृहको अनुगमन गर्न पुगेका हुन ।

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  २ : ०४ बजे