काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।
प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतको कार्यसूचीमा छ ।














