शुरु भएको एघारौं साता पुग्दा पनि रोकिएन हङकङमा सरकार बिरोधी प्रदर्शन



काठमाडौं-

हङकङमा भइरहेको चिन समर्थक सरकार बिरोधी प्रर्दशन शुरु भएको एघारौं साता पुग्दा पनि प्रदर्शनकारिहरुले प्रदर्शन जारी राखेका छन । पानी परिरहेको समयमा पनि छाता ओडेर आइतबार भिक्टोरिया पार्कमा हजारौं मानिसहरू उपस्थित भएर सरकार विरोधी प्रदर्शन गरेका छन ।

त्यहाको भिक्टोरिया पार्कमा  ‘स्वतन्त्रताको लडाईंमा हङकङका लागि उभिऔं’ र ‘फ्री-हङकङ’  भन्ने प्लेकार्ड बोकेको मानिसहरू पार्कमा उभिएका थिए। प्रदर्शनकारिहरुले जबरजस्ती कानुन लाद्ने कार्य रोकिनु पर्ने माग गरेका थिए।

सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनले हङ्‌कङको पुर्ण स्वतन्त्रताका लागी लडिरहेका राजनीतिक विपक्षीलाई चिनमा सुपुर्दगी गर्ने बाटो खुल्ने र स्वतन्त्रता पक्षधरहरुलाई चिनले निसाना बनाउने भन्दै उक्त प्रस्ताबित कानुनको बिरुद्दमा शुरु भएको प्रदर्शन अहिले हङ्‌कङकी नेत्री क्यारी लामको राजिनामा लगायत अन्य मुद्दाहरुमा समेत केन्दृत भएको छ । प्रदर्शनकारिहरुले हङ्कङमा चिनिया नियन्त्रणको खुलेआम बिरोध गर्दै हङकङको स्वतन्त्रताको माग गर्न थालेका छन ।

चिनले भने प्रदर्शनहरुमा बिदेशी शक्तिको हात रहेको आरोप लगाएको छ ।

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  २ : ५३ बजे