चितवन-
सत्तारुढ नेकपा चितवन जिल्ला समितिले रवि लामिछानेको निसर्त रिहाइको माग गर्दै चितवनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ ।सोमबार विज्ञप्ति जारी गर्दै नेकपा चितवनले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि भएको भन्दै आपत्ती जनाएका हुन ।
बिज्ञप्तिमा हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन भनिएको छ ।
बिज्ञप्तिमा पत्रकार लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुन नेकपा सम्बद्द सबैलाई निर्देशन समेत दिइएको छ ।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीमाथी आत्महत्या हुरुत्साहन गरेको आरोपमा पत्रकार रबी लामिछनेलाई हाल अनुसन्धानका लागी चितवन प्रहरिले हिरासतमा राखेको छ।











