रविविरुद्धको मुद्दामा बहस गर्न छिमेकी जिल्लाबाट झिकाइए सरकारी वकिल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ ।

चितवनको साहारा सहकारी ठगी मुद्दामा हिजो (बुधबार) चितवन जिल्ला अदालतमा आफैं हाजिर भएका लामिछानेको बयान सकिएर थुनछेक बहस सुरु भएको थियो ।

रवि लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको हो ।

प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार  १२ : ३५ बजे