काठमाडौँ । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आजको संसद बैठकमा निर्णयार्थ पेस नहुने भएका छन् ।
राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।
आज संघीय संसद्का दु्वै सदनमा अध्यादेश निणर्याथ पेश गरिने कार्यसूची भएपनि जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सत्तारुढ दलहरु विश्वस्त हुन नसक्दा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो ।














