५४ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने



काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर चितवनबाट रिहा भएका छन् ।

चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आजै आदेश दिएको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासले भरतपुरको साहारा चितवन सहकारी ठगी मुद्दामा उनलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।

सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन्।

लामिछानेबिरुद्द कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराधमासमेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ।

प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार  ६ : ४८ बजे