काठमाडौं । आज बसेको संसदीय दलको बैठकमा जनता समाजवादी पार्टी, नेपालले सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा सदनमा भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय लिएको हो ।
“भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हितविपरीत रहेको छ । यस अध्यादेशको विरोधमा उभिने र यसको विपक्षमा मतदान गर्ने निर्णय गरिन्छ,” बैठकपछि अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।















