संवैधानिक निकायको ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ जारी



काठमाडौं । सर्वोच्च अदालतले चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले छलकपटपूर्ण रुपमा संवैधानिक निकायमा नियुक्त गरेका ५२ पदाधिकारी विरुद्धको रिटको सुनवाइ जारी रहेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्। कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेका कारण उनीहरूबाहेकको इजलास गठन गरिएको हो।

यसअघि पटकपटक रिटहरूको सुनुवाइका लागि पेशी तोकिए पनि सर्वोच्च अदालतले नै विभिन्न बहाना बनाउँदै पन्छिँदै आएको थियो।

बुधबारदेखि भने रिटहरूको अन्तिम सुनुवाइ जारी रहेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको हो।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  ४ : ०८ बजे