काठमाडौं । गत शनिबार पोखरामा भएको कार्यक्रममा सहभागी हुँदा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आज डिस्चार्ज गरिएको हो ।
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’
यता यसअघि देखिनै उच्च रक्तचापको समस्यामा रहेका मेयर आचार्य भने केही दिन अस्पतालमा नै रहने भएका छन् ।














