काकडभिट्टा । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रिय टेक्नोलोजी ९किट विश्वविद्यालय०ले लखेटेका १६ जना नेपाली विद्यार्थी देशको पूर्वी नाका काकडभिट्टा आईपुगेका छन्।
बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि कलेज प्रशासनले लखेटेका १६ जना नेपाली विद्यार्थी बुधबार बिहान झापा आइपुगेका हुन्।
प्रकृतिको न्यायका लागि दोषीलाई कारबाही माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए।
प्रदर्शन गरेको आरोपमा कलिंका प्रशासनले होस्टलबाट घोक्र्याउँदै निकालेको थियो।
उनीहरूमाथि कुटपिट समेत भएको सम्बन्धित विद्यार्थीहरूले बताइरहेका छन्।
सुरुमा नेपाली विद्यार्थीमाथि दमनमा उत्रिएको कलिंगा प्रशासन नेपाल र भारतको समेत दबाबमा परेपछि विद्यार्थीहरूलाई घर फर्काउन फोन गरिरहेको छ।
नेपाली विद्यार्थीमाथि दमन गरेको आरोपमा ६ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
नेपाली विद्यार्थीको सुरक्षाको व्यवस्था गर्न नेपालबाट दुई जना प्रहरी अधिकारीलाई भारतमा खटाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यी हुन् नेपाल फर्किएका विद्यार्थी
१० आरती रोही( सप्तरी
२० सालिमी दास( सप्तरी
३० रिसक सिंह( सप्तरी
४० आयुष राज( सप्तरी
५० प्रजित यादव( सप्तरी
६० कृष दास( सप्तरी
७० राकेश साह( सप्तरी
८० नवीन मण्डल( सप्तरी
९० ओमप्रसाद पौदार( सुनसरी
१०० आदित्य मिश्र( मोरङ
११० सुलभ पौडेल( कास्की
१२० आयुष अधिकारी( कास्की
१३० समिम पौडेल( काठमाडौं
१४० आकाश शाह( ललितपुर
१५० पियुस शाह( काठमाडौं
१६० विकेश श्रेष्ठ( काठमाडौं










