ताप्लेजुङ । ताप्लेजुङमा निषेधाज्ञा लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै निषेध आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ ९क० बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो ।
प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ ।
ऐनअनुसार निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ ।
फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्वमा फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी पश्चिममा फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर ९थलाङ धारा क्षेत्रसम्म०, उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी, दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल ९भेटनरी कञ्चनजङ्घा टोल० सम्म निषेधाज्ञा लागू हुने छ ।
त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने ऐनमा व्यवस्था छ।
पाथीभरामा केबलकार बनाउने योजनाविरुद्ध उत्रिएका आन्दोलनकारीले सर्वसाधारणका घरमा राँको फालेर आगो लगाउने प्रयास गरेपछि ताप्लेजुङको फुङलिङ बजार हिजो राति तनावग्रस्त बनेको बनेको थियो।
‘नो केवलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित प्रदर्शन गर्दै बलिरहेको मसाल सर्वसाधारणको घरमा फालेर आगो लगाउने प्रयास गरेका थिए।
उनीहरूले नाराबाजी गर्दै राँको फालेका थिए। यसपछि सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो। शनिबार वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको हो।