काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा मनाइने ऐतिहासिक एवं पुरातात्त्विक जात्रा बज्रेश्वरीको समापन भएको छ ।
बज्रेश्वरीको जात्रा समापन गरि बछलेश्वरी जात्रा प्रारम्भ गरिएको हो ।
चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।











