नेकपाबाट मेयरको उम्मेदवार बनेका शेख कलिमुल्लाह कारागार चलान



राजविराज–

नेकपाबाट रौतहटको गरुडा नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ।

पक्राउ परेकाअ शेख कलिमुल्लाह ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त रहेका थिए ।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतको आदेशपछि उनलाई पक्राउ गरी सप्तरी जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए।

उनि  बिरुड्ड गरुडा नगरपालिका–८ की बकरिल खातुनलाई हत्या गर्ने प्रयास गरेको अभियोग छ। जाहेरीमा शेखसहित ४ जनालाई अभियुक्त बनाइएको छ। जसमध्ये २ जना कारागार चलान भएका छन् भने एक जना फरार र एक जना १ लाख धरौटीमा रिहा भइ सकेका छन ।

शेखसहितको मिलेमतोमा २०५८ भदौ ५ गते राति बकरिललाई बोरामा पोको पारेर सप्तकोसी नदीमा फालिएको थियो। दाउरा खोज्न गएका रम्पुरा मलहनियाँका स्थानीयले महिलालाई जिउँदै उद्धार गरेका थिए।

शेख गत स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार थिए। एकीकरण हुनपुर्व उनी एमालेका जिल्ला सदस्य थिए। हाल उनी नेकपाको संगठित सदस्य हुन्।

प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार  ९ : १५ बजे