काठमाडौं–
मलेसियाबाट बिहिबार चारजनाको शव नेपाल आएको छ । गत हप्ता विषाक्त रक्सी खाएर ज्यान गुमाउने दुई जनाको शव आएको हो ।
विषाक्त रक्सीका कारण ज्यान गुमाउने नवलपरासीका दुर्गासिंह राना र सर्लाहीका आइतसिंह गोलेको शव आएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। । यस्तै अन्य कारणले ज्यान गुमाएका रौतहटका धर्मेन्द्र शाह गुप्ता र पाल्पाका जोतबहादुर सार्कीको शव पनि बिहिबार नै नेपाल आएको छ।
उनीहरुको शव मलेसियन एयरलाइन्स र विषाक्त रक्सीका कारण ज्यान गुमाउनेको शव थाइ यएर वेज मार्फत नेपाल ल्याइएको हो।
रक्सीका कारण ज्यान गुमाउने मध्ये सात जानको कागजात तयार भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार ज्यान गुमाउनेको शव कम्पनीले पठाउने भएकाले केहि दिन समय लाग्ने छ।
विषाक्त रक्सीका कारण १० जनाको ज्यान गएको छ । केहिको भने हाल उपचार भैरहेको छ।










