विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दरपीठ



काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ ।

कानुनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागिएको भन्दै डा।पौडेलविरुद्ध रिट लिएर अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापा सर्वोच्च पुगेका थिए ।

सर्वोच्च प्रशासनले भने उक्त रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

रिट निवेदक अधिवक्ताद्वयले सर्वोच्च प्रशासनको दरपीठविरुद्ध इजलासमा निवेदन दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार  १२ : ४९ बजे