काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी नेपाली कांग्रेस सरकारमा भएपनि स्थानीय तहदेखि केन्द्रसम्म असन्तुष्टि र उकुसमुकुस भएको बताएका छन् ।
बीपी कोइरालाको जीवनकथामा आधारितक पुस्तक ‘सान्दाजु’ को लोकापर्ण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ, महामन्त्री थापाले भने, हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो, सबै हाम्रो । गभर्नर हाम्रो, उ, हाम्रो त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस । सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त रु यसले के देखायो भने हामीले खोजेको यो होइन ।’
महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताए।
कार्यक्रममा थापाले नेपाली कांग्रेसभित्र पनि विपीका साहित्यको चर्चा हुने एवम पढिने गरेकाले आफूलाई चाहिएको समयमा मात्र उनको व्यख्या गरिने गरेको बताए । ‘विपी कोइरालाको साहित्यलाई पढेका छैनौ । नेपाली कांग्रेसभित्र पनि चर्चा गरेका छैनौ । विपी कोइरालाले कही भनेका कुरालाई आफूलाई चाहिएको कोटेशन बनाएर ल्याएर विपी यसो भन्नुहुन्थो भन्दै व्यख्या गर्छौ । विपीलाई महामानव बनाएर गुम्साएर राख्छौ ।’
यस्तै उनले उपन्यास ‘सान्दाजुु’ ले विपी कोइरालालाई नयाँ पुस्तामा परिचित गराएको नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता सान्दाजुको सन्तति भएको बताए ।सो अवसरमा थापाले सुभाष घिमिरेद्वारा लिखित जननायक बीपी कोइरालाको जीवनकथामा आधारित ऐतिहासिक उपन्यास ‘सान्दाजु’को लोकार्पण गरेका थिए ।