काठमाडौं–
पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार डेंगु नियन्त्रक औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले सो निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असरका बिरुद्द सबै उपाएहरुको प्रयोग गरिने बताए ।पूर्वशतर्कता अप्नाउन सबै सरोकारवालाहरुलाई उनले निर्देशन समेत दिए ।
पर्यटकीय सेवा दिने सबै निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप व्यवस्था गर्न गराउन समेत निर्देशन दिए ।
पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान थाल्न समेत मन्त्री भट्टराईले निर्देशन दिए।








