काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ।
आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।
श्रेष्ठले वैशाख ४ मा राजीनामा बुझाएकी थिइन्।
प्रतिनिधिसभा सांसद श्रेष्ठले एक व्यक्ति दुई पदमा बस्न हुन्न भन्दै राजीनामा दिएकी थिइन्।
पार्टीको प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहले दिएको राजीनामा पनि रास्वपाले स्वीकृत गरेको छ।










