बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु



काठमाडौं । बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो ।

मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप जानकारी भने आउन बाँकी छ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  १ : ०५ बजे