कास्की । कास्की जिल्लाको अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १२:५० बजे ४.१ को भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार भूकम्पको केन्द्र कास्की जिल्लाभित्र पर्छ।
यद्यपि, भूकम्पको झट्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको जनाइएको छ।
भूकम्पले कुनै ठूलो क्षति नगरेपनि स्थानीयबासीमा केही समयका लागि त्रास उत्पन्न भएको थियो।










