काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् ।
उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् ।
लामो समयदेखि विवादका कारण बस्न नसकेको कार्यपालिका बैठक केन्द्रित रहेको मेयर र उपमेयर दुवै जना विवाद समाधान गर्ने तथा बैठक राख्ने कुरामा सकारात्मक रहेको स्रोतले बताएको छ।
आन्तरिक विवादका कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बसेको छैन ।