काठमाडौं । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।
शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरू सिफारिस गरेको हो।
उच्च अदालतका न्यायाधीशहरूस् राजनप्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई न्याय परिषद बैठकले मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।
हाल भट्टराई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा र तिवारी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत छन्।