रास्वपा र राप्रपाद्धारा प्रतिनिधिसभा बैठकमा नाराबाजी



काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

भजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले आजको बैठकमा पनि अवरोध गरेका हुन् ।

सोमबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन् ।

यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन् ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  १ : २६ बजे