४२ स्थानीय तहले ल्याउन सकेनन् बजेट, बालेन र हर्क नै भए असफल



काठमाडौँ । देशभरका ४२ स्थानीय तहले तोकिएको समय अर्थात असार १० भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेनन्।

२७६ नगरपालिका रहेकोमा २४ नगरपालिकाले बजेट ल्याउन नसकेको नगरपालिका संघले जानकारी दिएको छ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले १५ वटा गाउँपालिकाले मंगलबारभित्र बजेट नल्याएको बताए।

यस्तै महानगरमा काठमाडौँ महानगरपालिका र उपमहानगरमा बाराको जितपुर सिमरा र सुनसरीको धरान उपमहानगरपालिकाले बजेट ल्याउन सकेनन्।

उनीहरुले आन्तरिक विवाद समाधानपछि बजेट ल्याउने बताएका छन्।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  १० : २१ बजे