सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तथा परिषद् सदस्यविरुद्ध ७ उजुरी



काठमाडौँ ।सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रश्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् ।

समितिको आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिएकी हुन् ।

जसमा मेघराजविरुद्ध २, श्रीकान्तविरुद्ध २, शान्ति सिंहविरुद्ध १ र २ न्याय परिषद् सदस्यविरुद्ध गरी ७ उजुरी परेका हुन्।

उजुरीका विषयमा छलफल गर्न शुक्रबार (असार १३) बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको उनले बताइन् ।

प्रकाशित मिति : असार १२, २०८२ बिहीबार  १ : ३७ बजे