संविधानसभा सदस्य यादवको निधन



रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको उपचारका क्रममा निधन भएको छ ।

मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

स्वास्थमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा। जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने उनले जानकारी दिए ।

उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बाराले जनाएको छ । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए ।

प्रकाशित मिति : असार १८, २०८२ बुधबार  ९ : ३६ बजे