पूर्वराष्ट्रपति भण्डारीले त्यागिन् सरकारी सेवा सुविधा



काठमाडौंस् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राज्यको तर्फबाट पाउँदै आएको सबै सेवा – सुविधा त्यागेकी छन्। भण्डारीले गृह मन्त्रालयमा सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी हुन् ।

सरकारले पूर्वराष्ट्रपतिलाई प्रदान गर्दै आएको सेवा–सुविधाअन्तर्गत उनलाइ मासिक डेढ लाख रुपैयाँसम्मको प्रशासनिक सहायता, स्वकीय सचिव, कार्यालय सहयोगी, पेट्रोल सुविधा, र सुरक्षाकर्मीका लागि घरभाडा उपलब्ध हुँदै आएको थियो।

गृह मन्त्रालयका अनुसार भण्डारीको सचिवालयबाट आएको पत्र बुधबार दर्ता भएको छ र सम्बन्धित शाखामा पठाइएको छ। उनी सेवा सुविधा छाड्ने निर्णय लिने सम्भवतः पहिलो पूर्वराष्ट्र प्रमुख बनेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले यद्यपि सबै प्रशासनिक सुविधा त्यागे पनि उनको सुरक्षामा कटौती नहुने गृह मन्त्रालयले स्पष्ट पारेको छ। सुरक्षाका विषयमा पूर्वराष्ट्र प्रमुखको प्रोटोकलअनुसार व्यवस्था गर्नुपर्ने संवैधानिक बाध्यता रहने अधिकारीहरूको भनाइ छ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणासँगै उनले गृह मन्त्रालयमा औपचारिक पत्र बुझाउँदै सुविधा परित्याग गरेकी हुन्।भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनस् सक्रिय हुने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : असार १८, २०८२ बुधबार  ३ : ४४ बजे