काठमाडौँ – गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन्।
सरकारका अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका हुन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला ९डोल्पा, हुम्ला, मनाङ र रसुवा० मा भने यस वर्ष हालसम्म डेंगी संक्रमणको केस नपाइएको बताए।
सबैभन्दा धेरै बागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन्। उनले जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौँमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगीका केस दर्ता भएको बताए।
प्रवक्ता बुढाथोकीका अनुसार डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनुजस्ता लक्षणहरु देखिन्छन्। डेंगी संक्रमित करिब ८० प्रतिशत केसहरुमा लक्षण नदेखिने उनले बताए।