कुलिङ पिरियडमा भएको चलखेल छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय



काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

ुसङ्घीय निजामती सेवा विधेयक २०८०ु मा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको हो।

सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

शाहीका अनुसार बैठकमा आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।

‘बैठकमा पहिलो निर्णय आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा क्रृटि भएको भन्ने कुरालाई संसदिय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारीत चै २३ गतेको संसद बैठकबाट हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  ७ : ५८ बजे