काठमाडौँ । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रियसँगै अन्तर्राष्ट्रिय शक्तिहरू लागिरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाएका हुन्।
प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनले बताए ।
उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ। जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालज्यूले गरिरहनुभएको छ। उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरु पनि छन्। स्वतन्त्र सांसदहरू पनि छन्। राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्,।