काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. दीपक अर्याल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।