सुनिल पौडलसहित ६ जनाविरूद्ध अर्को भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यसअघि सूचना प्रविधिका विभिन्न खरिदमा भ्रष्टाचार गरेका, अकुत आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगले शुक्रबार हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदका क्रममा आर्थिक वर्ष २०७६/७७ मा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरूविरूद्ध १५ करोड ८८ लाख ५० हजार बिगो माग दाबी गरेको छ।

सो मुद्दामा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिष्ट्रिव्युशन प्रा. लि. र उक्त कम्पनीका अध्यक्ष अरुण श्रेष्ठलाई सो मुद्दामा प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार  ३ : २९ बजे