काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।
आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारतको भ्रमण गर्ने तय भएको हो ।
प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ।
भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो।









