टेरामक्स प्रकरण : दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश



विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झालाइ नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमितताको मुद्दामा तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्य तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग धरौटी माग गरेको हो।

झा र प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरुले कानूनी प्रक्रिया बिना टेरामक्स खरिदको निर्णय गरेका थिए।

खरिदमा अनियमितता भएको भन्दै झासहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार  ८ : १८ बजे