बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सडक विभागको गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई संशोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कँदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।’

आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देश गरे ।

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार  ११ : १९ बजे