काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुकोे फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् ।
उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरित भएको कार्यलाई सच्याउन आफूहरु लागिपरिरहेको बताए । । उनले यसलाई पार्टी विभाजनको रुपमा नहेर्न पनि आग्रह गरे । पार्टी विभाजन गर्ने आफूहरुको कुनै सोच नभएको उनले बताए ।
जीवन्त पार्टीभित्र केही मतभेद हुने भन्दै उहाँले त्यहीअनुसार केही मतभेदहरु देखिएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले मतभेदहरुलाई आन्तरिक रुपमा बसेर सल्ट्याउन नसक्दा आफूहरु निर्वाचन आयोगको ढोकामा पुुगेको उनको भनाई छ ।
उनले भने ‘हामी विभाजनको संघारमा छैनौँ । पार्टीभित्र केही मतभेदहरु छन् । एउटा जीवन्त पार्टीभित्र मतभेदहरु हुन्छन् । त्यसलाई बसेर सल्ट्याउन पनि सकिन्छ । र बसेर सल्ट्याउन नसकेपछि निर्वाचन आयोगमा गएको हो । पार्टीलाई विभाजन गर्ने हाम्रो कुनैपनि विचार छैन । एकलौटी रुपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने हाम्रो धारणा हो । यो विभाजन भएको होेइन, विभानको विपरित जुन कार्यहरु भए, विद्यानको उल्लङ्घन भएकोलाई हामीले सच्याउन हो । यसमा कुनै प्रकारको पाटीमा विभाजन गर्ने मनस्थिितीले यो भएको होईन । हामी विभाजनतिर पार्टीलाई लग्ने कुनै पनि हाम्रो सोच छैन ।’
महामन्त्री जबराले पार्टी नेतृत्वले पार्टीको विधान विपरित गरेका कारबाही, पदमुक्तिहरुलाई पुनःबहाली गर्ने दाबी गरे ।
पार्टीको विधान विपरित सामान्य स्पष्टीकरण समेतको मौका नदिईकन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केही नेताहरुलाई कारबाही गरेको उनको भनाई छ । एकलौटी ढंगबाट गरिएको कारबाहीको विरुद्धमा आफूहरु निर्वाचन आयोग गएको उनले बताए ।
आयोगले पार्टीलार्ई कारबाहीका निर्णयका सम्बन्धमा सोधेको र पार्टीले पनि आयोगलाई जवाफ पठाइसकेको उनले जानकारी दिए ।
उनले आयोगले के निर्णय गर्छ भन्ने पर्खाइमा आफूहरु रहेको बताए । पार्टी अध्यक्ष लिङलेनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट बर्खास्त गरेका थियो ।
महामन्त्री जबरासमेछ संगठन विभाग प्रमुखबाट हटाइनु भएको थियो । उक्त कारबाही तथा पदमुक्ति पार्टीको विधान विपरित भएको भन्दै उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने विषय स्पष्ट रुपमा नै भएपनि त्यसलाई मिचेर, उल्लङ्घन गरेर कारबाही तथा पदमुक्तिहरु भएको महामन्त्री राणाको आरोप छ ।
उनले भने, ‘केही साथीहरु कारबाहीमा परेका छन् । त्यसको विरोधमा यो विधानविपरित भयो उचित कारबाही भएन । साथीहरुलाई सामान्य स्पष्टीरकण पनि नमागेर केही कारबाहीहरु र पदमुक्त भएका छन् । त्यसको विरुद्धमा हामी निर्वाचन आयोगमा गएका छौँ । निर्वाचन आयोगले पनि पार्टीलाई सोधेको पठाएको छ र पार्टीले पनि केही जवाफ दिएको छ । निर्वाचन आयोगले के कारबाही गर्छ भन्ने पर्खाईमा छौँ । निर्वाचन आयोगले किन विद्यान विपरित गर्नुभयो यस्तो निवेदनहरु परेको छ । यो विषयमा तपाईहरुलाई के भन्नुछ भनेपछि पार्र्टीले केही जवाफ दिएको छ । जहाँसम्म मैले थाहा पाएको छु । अब निर्वाचन आयोग त्यसमाथी जवाफमाथी के कारबाही गर्छ, गर्दैन भन्ने पखाईमा छौँ । विद्यानमा कारबाही गर्ने पदमुक्त गर्ने कुराहरु विषय प्रष्ट नैै छ तर त्यसलाई सबै मिचेर, विधानलाई उल्लङ्घन गरेर भएको कारबाहीहरु र पदमुक्तिहरुलाई निर्वाचन आयोगले पुनःबहाली गर्र्छ भन्ने मैले ठानेको छु । अब त्यो निर्वाचन आयोग माथी निर्भर छ ।’
महामन्त्री जबराले पार्टीमा शुरुवातबाटै स–साना कुराहरुमा पनि कारबाही हुँदै आएको बताए । यसलाई पार्टीभित्रै समाधान गर्ने प्रयास गरेपनि पछिल्लो समय नसकिएको उनको भनाई छ । उनले उपचारको क्रममा आफू मुम्बर्ई गएको बेला थाहा नै नदिई पदमुक्त गरिदिएको बताए । त्यस्तो संवेदनशील अवस्था आफूलाई पदमुक्त गरिएको उनको गुुनासो छ ।
उनले आफूहरुमाथी भएको कारबाही कतिपयले चैत १५ गते तीनकुनेमा भएको घटनालाई जोडेर लिने गरेको भएपनि त्यसमा कुनै सत्यता नभएको बताए। नजिकिँदै गरेको महाधिवेशन, पार्टी नेतृत्वको एकल निर्णयको विरोध गरेको लगायतका कारण आफुहरु कारबाहीमा परेको उनको भनाई छ ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएकोले यहाँ भएका निर्णयहरु सामुहिक हुनुपर्ने बताए । पार्टीमा फरक मत राख्नेहरुको पनि सुनुवाई हुनुपर्ने उनको भनाई छ । सबै विषयमा सर्वसम्बत गर्ने प्रयास गनुपर्ने र सर्वसम्बत हुन नसकेनका विषयमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने उनले बताए । साथै ठूला निर्णयहरु गर्नुभन्दा पहिला सबैसँग सरसल्लाह गर्नुपर्ने उनको भनाई छ । एकलौटी ढंगले निर्र्णयहरु गर्दा पार्टीमा मतभिन्नता हुने र यसले पार्टीमा समस्या ल्याउने उनले बताए ।
महामन्त्री राणाले नवराज सुवेदीले पार्र्टीबाट राजिनामा नदिएको पनि बताए । कुनै एक परीप्रेक्ष्यमा पार्टी छाडे भन्नुपर्ने स्थिति आएपछि सुवेदीले पार्टी छाडे भनेपनि राजिनामा नदिएको महामन्त्री राणाको भनाई छ । राजिनामा दिने लिखित हुने भन्दै उनले सुवेदीको लिखित राजिनामा नआएको बताए । डा प्रकाशचन्द्र लोहनीको घरमा अध्यक्ष लिङदेन र सुवेदीबीच एक प्रकारको सम्झौता भएको पनि उनले स्मरण गरे । एउटा वरिष्ठ नेतालार्ई पार्टीबाट, पदबाट त्यसरी हटाउनू उचित नहुने उनले बताए ।
महामन्त्री राणाले विद्यान विपरितका कारबाही, निर्णयहरुलाई निर्वाचन आयोगले रोक्नेमा आफू विश्वस्त रहेकोे बताए । एकलौटी रुपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने आफूहरुको धारणा रहेको उल्लेख गरे । —न्युज एजेन्सी नेपाल









