राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन: अध्यक्ष लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् ।

अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पारे । उनले राप्रपा अब कहिल्यै विभाजन नहुने बताए ।

विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसको केही अवशेषहरु अझै भएपनि अब त्यो सम्भावना नरहेको उनको दाबी छ ।

उनले भने, ‘यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्र्नुुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्टिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्र्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन तर कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोशिस गर्छ तर अब त्यो सम्भावना पनि छैन राप्रपामा र म यति नै भन्छु यो विषय चाहीँ हामी पार्टी मै बसेर टुङ्याउँछौँ ।’

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताए । चित्त नबुझेका विषयहरु पार्टीका समितिहरुमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्र्षलाई सबैले मानेर जानुपर्ने बताए ।

पार्टीका समितिहरुमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथी नै चुनौती दिन सकिने उनकोे भनाई छ । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न नहुने उनले बताए ।

पार्र्टी विवादबारे उनले भने, ‘बाहिर जो आईरहेको छ, यसलाई चाहीँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं । त्यो विवादका पार्टका रुपमा रहेका साथीहरुलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरुको अथवा विचार मिल्ने मानिसहरुको संगठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरु हुन्छन् । कमिटी प्रणाली हुुन्छ । चित्त नबुझेका विषयहरु कमिटिमा छलफल गर्ने, छलफलछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन अल्पमतमा परियो चित्त बुझेन भने महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ । नेतृत्वमाथी नै विश्वास भएन, नेतृत्वसंगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौति दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरु खुल्ला हुुन्छन् । तर पार्टीको आन्तरिक विषयहरु संचारमाध्यममा लैजाने,शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न अनुपयुक्त हुन्छ । सदाझै हामी यो समस्यालाई समाधान गरेर लान्छौ ।’

उनले असन्तुष्ट पक्षहरुले अध्यक्षले विद्यान विपरित काम गरेको भन्ने आरोपको खण्डन गरे । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरु हेरफेर गरिएको उनको दाबी छ । विधानले अध्यक्षलाई समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाई छ ।

उनले ‘यसमा मैले नयाँ काम गरेको होइन, त्यो । म अध्यक्ष भइकनको पहिलो काम पनि होइन, त्यो । नियमित रुपमा विभागहरुको हेरफेर गर्ने, जिम्मेवारी हेरफेर गर्ने कामहरु पहिले पनि भइराखेका हुन्थे । त्यही क्रममा यसपटक पनि भएको थियो । यो पटक विभागहरुको हेरफेर गर्दाखेरी एउटा व्यक्ति जसले चाहीँ अहिले कम्प्लेन गर्नुभयो, चित्त बुझाउनुभएन । उहाँको मात्रै होइन धेरै मान्छेहरुको हेरफेर गरिएको थियो जिम्मेवारीबाट । पार्टीको विधानले नै अध्यक्षलाई दिएको सुविधा हो, विभिन्न समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारीहरुलाई, सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने अध्यक्षको जिम्मेवारी हो । त्योअनुसार नै गरेको कामहरु हो ।’

नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताए । राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमीलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनकोे दाबी छ ।

उनले भने,‘नेपाल जस्तो भुराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुन्छ भनेर हामीले निरन्तर रुपमा आवाज उठाईराखेका छौँ । अहिले पछिल्लो दिनमा जुन परिवेश बनिरहेको बन्दै गएको छ, जनमत बन्दै गएको छ । त्यो सबैै पृष्ठभूमिमा अब राजसंस्था पुनःस्थापना चाँही निकटमा पुगेको छ भन्ने मलाई लाग्छ ।’

उनले राजसंस्था पुनःस्थापना पक्षधरहरु पनि एकजुट हुँदै गएको बताए । गत जेठ १५ गते राजसंस्था पक्षधहरुले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एकठाउँ उभिएको संकेत गरेको उनको दाबी । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिएपनि एउटा सकरात्मक सन्देश प्रवाह गर्न आफूहरु सफल भएको उनको भनार्ई छ ।

उनले भने, ‘राजसंस्था पुनःस्थापना पक्षधर विभिन्न पार्टी संघसंस्थाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी मुल शक्ति हो भन्ने कुरामा कुनै विवाद छैन । राप्रपाले जहिलेपनि यो समान समान दृष्टिकोण राख्ने सबै शक्तिहरु एकठाउँ भएर नै अगाडी जानुपर्दछ भन्ने आफ्नो धाराणा राख्दै आएको छ । विगतको तुलनामा हामीले जेठ १५ गते जुन कार्यक्रम आयोजना गयौँ । त्यसले परिणाम त दिएन र कुनै एकैदिनको कुनै कार्यक्रमले सबै परिणाम ल्याउन भन्ने कुरा पनि हुँदैन तर त्यसबेला एउटा सकरात्मक सन्देश हामी प्रवाह गर्न सफल भयौँ । एउटा राम्रो सिलसिलाको प्रारम्भ भयो । राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एकठाउँ उभिएर चाहीँ अगाडी बढ्यौँ । यसमा भएका कमीकमजोरीहरुलार्ई सच्याएर आगामी दिनमा अगाडी जान सकिन्छ भन्ने प्रष्ट भएको छ ।’

राजसंस्था पक्षधहरुबीच देखिएका कमीकमजोरीहरुलार्ई सच्याएर आगामी दिनमा अगाडी बढ्न सकिने उनले बताए । उनले पार्टीबाट कसैलाई निस्काषन नगरिएको पनि बताउनु भयो । अध्यक्षले मनोनितत गर्न पाउने पदहरुलाई परिवर्तन गर्र्ने पुुरानै परम्परा रहेको पनि उनको दाबी छ ।

उनले ‘अध्यक्षले मनोनित गर्न पाउने जति पदहरु छ, त्यो हामीले परम्परागत रुपमा नै परिवर्तन गर्र्दै आईराखेको हो । विभागको प्रमुख तोक्ने, विभागको सदस्य सचिव तोक्ने, ससदस्य तोक्ने भनेको अध्यक्षले नै हाम्रो पार्टीमा चाँही व्यवस्था छ । त्यही हामीले पहिलेदेखी गर्दै आएका छौँ । कसैलाई पार्टीबाट निकालिएको होइन, कारबाही गरिएको होइन ।’

उनले निर्वाचन आयोगमा उजुुरी दिएकाहरुप्रति लक्षित गर्दै पार्टी भित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्र्यक्षेत्र नै नभएका बताए ।

उनले‘निर्वाचन आयोगको कार्र्यक्षेत्र नै होइन, राप्रपाको प्रवक्ता को हुनुपर्छ, विभागको सदस्स्यसचिव को हुनुपर्र्छ, विभाग प्रमुख को हुनुपर्छ भन्ने कुरा निर्वाचन आयोगको काम नै होइन ।’

राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए । – न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २५, २०८२ आईतबार  १० : ४५ बजे