रवि लामिछानेलाई थुनामै राख्ने आदेश,बिगो सकार्न अदालतको अस्विकार



काठमाडौं, २६ साउन । रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न अस्विकार गरेको छ ।

लामिछानेले आफूलाई बैंक जमानतमा छाड्न भन्दै निवेदन दिएका थिए ।

सो निवेदनउपर आज भएको न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामुक्त गर्न अस्विकार गरेको हो ।

लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार  ७ : ३४ बजे