सार्वजनिक जग्गा निजीकरण गर्ने माओवादी नेता पुरीसहित नौ जना दोषी ठहर, एक वर्ष जेल



काठमाडौँ । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर बेचेकोको आरोपमा माओवादी नेता गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले माओवादी नेता गगन पुरी सहित सात जना मालपोत र नापीका कर्मचारी तथा जग्गाधनीलाई दोषी ठहर गर्दै जरिबाना र कैदको फैसला सुनाएको हो ।

विशेष अदालतले पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिबाना ठहर गरेको छ ।त्यस्तै कर्मचारीहरुलाई तीन महिनादेखि एक वर्षसम्मको कैद तथा १८ हजार ३ सय ४४ देखि १८ लाख ७४ हजर ३ सय ९८ रुपैयाँसम्मको जरिबाना लगाइएको छ ।

झापाको रतुवा खोला छेउको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरि बेचेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ७ : ०५ बजे